मनसुनी प्रणालीको प्रभाव बढ्दै, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (शुक्रबार) दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like