बुटवल ।नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघको रुपन्देहीमा तदर्थ समिति गठन गरिएको छ । काँग्रेस निकटका जिल्लाका होटल व्यवसायीहरुको शुक्रबार बुटवलमा भएको भेलाले शिवराज पोखरेल संयोजक रहेको ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे र मीना बस्याल, सचिवमा रुपा भण्डारी र नवराज गौतम, कोषाध्यक्षमा ज्ञानप्रसाद खनाल, सहसचिवमा कृष्णप्रसाद गैरे र सहकोषाध्यक्षमा जनक पाण्डेलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा जय कँडेल, सन्तोष खड्का, अर्जुन भण्डारी, लक्ष्मण अर्याल र तुलसी चौधरी रहनु भएको छ । भेलाले केन्द्रीय प्रतिनीधिमा अर्जुन पोखरेल र प्रदेश प्रतिनिधीमा थमन भण्डारीलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका उपभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले काँग्रेस निकटका व्यवसायीहरु बिच आपसी सदभाव बढाउन र एकताको सुत्रमा बाँध्ने काममा संस्थाले भूमिका खेल्न आग्रह गर्नुभयो । अहिले आर्थिक मन्दिका कारण धेरै व्यवसायी निरास भईरहेको अवस्थामा उनीहरुको व्यवसाय कसरी बचाउन सकिन्छ त्यसमा पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।
उहाँले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भारतसँग जोड्नु पर्ने बताउँदै यसले पर्यटक आवागमनमा वृद्धि हुने र यसको फाइदा नेपाली व्यवसायीले लिन सक्ने बताउँदै विमानस्थल चल्यो भने ठूलासंगै साना होटल पनि चल्ने र आर्थिक गतिबिधि चलायमान हुदा व्यबसायी मात्रै नभएर सबैले त्यसको लाभ लिन सकिने भनाई राख्नुभयो ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले प्रकृया पुरा गरेर जिल्ला अधिवेशन गर्ने र त्यसमा जिल्लाको सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, होटेल व्यवसायी कृष्ण पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।