सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : दुई जना गम्भिर घाइते

संखुवासभा । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिएका छन् ।

उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको छ हो । भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन् ।

त्यस्तै हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए । उनीहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ । उपचारमा काठमाडौं लाने तयारी भएको भोटेले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले भने घाइते को हुन् भन्नेबारेमा थप विवरण आउन बाँकी रहेको डीएसपी बताएका छन् । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।

 
 
  
 

You may also like