१० दिनमा एक लाख बढीले छाडे सुडान

काठमाडौँ । सुडानमा अप्रिल १५ यता त्यहाँको सैनिक र अर्धसैनिक समुहबीच युद्ध जारी छ । अहिलेसम्म पाँच सय बढीले युद्धमा ज्यान गुमाएका छन् भने ४ हजार बढी घाइते छन् ।

१५ दिन लामो लडाइँपश्चात् अन्तर्राष्ट्रिय समुदायको आह्वानपछि अघिल्लो सोमबारदेखि सुडानमा युद्धविराम जारी छ । तीन पटक युद्धविरामको समय थप्दै मंगलबारसम्म सुडानमा युद्धविराम १० दिन लम्बियो । सुडानमा यसपछि युद्धविराम थप गरिन्छ वा गरिन्न भन्ने खुलेको छैन । तर यो १० दिनको बीचमा १ लाख बढीले सुडान छाडेका छन् । संयुक्त राष्ट्रसंघले यस अवधिमा एक लाखभन्दा बढी मानिसले सुडान छाडेको र ३ लाख ३४ हजार विस्थापित भएको जनाएको छ ।

राष्ट्रसंघले युद्धरत पक्षलाई वार्तामा ल्याउने प्रयास भइरहेको बताएको छ । युद्धविराम लगाइए पनि त्यसको पूर्ण कार्यान्वयन भने भएको छैन । दुई पक्षबीच झडपको श्रृंखला जारी छ । हालसम्म युद्धमा ५ सय बढीले ज्यान गुमाएका छन् भने ४ हजार बढी घाइते छन् । एजेन्सी

 
 
  
 

You may also like