तिलोत्तमाको राजमार्गमा वाईफाई

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन हुने भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन हुन लागेको नगरपालिकाले जनाएको छ ।

याेगीकोटी देखी कोटीहवा सम्म हाइवे क्षेत्रमा फ्रि वाइफाइ सेवाको सोमबार बिहान शुभारम्भ गरिने भएको हो ।
कार्यक्रमको तिलात्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण सहित जनप्रतिनिधि लगायतले उद्घाटन गर्ने कार्यक्रम रहेको नगरप्रमुखको सचिवालयले जानकारी गराएको छ ।

देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा विदेशबाट आएकाहरूको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिको लागि यो कार्यक्रम शुभारम्भ गर्न लागिएको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।

उनले भने,‘हाइवे क्षेत्रमा आउने पर्यटक एव महत्त्वपूर्ण काम गर्नको लागि इन्टरनेट नहुँदा समस्या हुने गरेका समस्याहरू आएकोले यो कार्यक्रमलाई निकै महत्वकासाथ हेरेका छौँ । यसले राम्रो प्रभाव पर्नेछ ।’

नगरपालिका प्रवेश गर्दासाथ इन्टरनेट प्रयोग गर्न सक्ने बताउँदै उनले यसका साथै नगरपालिकाका सूचना, समाचार तथा सेवाहरू समेत हेर्न पाउने जानकारी दिए ।

यो आयोजना अन्तरगत तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालयहरू, स्वास्थ्य चौकीहरूमा आफ्नै फाइबर प्रणाली व्यवस्थापन गरी इन्टरनेट पुर्‍याएको नगरपालिकाका सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालले जानकारी दिए ।

उनले यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको बताए । एक ठाउँमा कनेक्ट भएपश्चात् हाइवेमा इन्टरनेट सुविधा उपलब्ध हुने उनले जानकारी दिए । नेपाल टेलिकम,सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट आएको ईन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको बताए ।

इन्टरनेटकाे लागि पाेल पाेलमा राउटर राखिएकाे उनले जानकारी दिए ।

 
 
  
 

You may also like