पाल्पा बस दुर्घटना अपडेट: एक महिलाको मृत्यु, ३८ जना घाइते (नामावली सहित )

पाल्पा । बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा अन्दाजी ४० वर्षकी रुपन्देहीको देवदह नगरपालिका–३, सूर्यपूरा निवासी राधिका पौडेलको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।

घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिए । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको बताइएको छ ।

 
 
  
 

You may also like