मलेसियाविरुद्धको खेल जित्न नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौ ।एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेल जित्न नेपालले २३६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले । मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३, ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

१० टीम सहभागी प्रतियोगितामा नेपाल समूह ए मा छ ।
यो प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

 
 
  
 

You may also like