रुपन्देही डेरी व्यवसायी समितिद्वारा सुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

by समतल अनलाइन
Shares

बुटवल । रुपन्देही डेरी व्यवसायी समितिले नयाँ बर्ष २०८० को सुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ।

सोमबार संस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एवं भित्तेपात्रो बिमोचन गरिएको हो।

समितिका अध्यक्ष राम कृष्ण शर्माको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी मावन अधिकार शान्ति समाजका रुपन्देहीका अध्यक्ष तथा समितीका सल्लाहकार कृष्ण प्रसाद भट्टराई , रुपन्देही डेरि समितीका सल्लाहकारहरु कृष्ण प्रसाद उपाध्यय , देविलाल भट्टराई, समितीका नगर कमिटी संयोजक जगदीश गैरे ,समितिका उपाध्यक्ष विष्णु प्रसाद पाण्डे लगायतले कार्यक्रममा बोल्दै विना दर्ता खुल्ला ठाँउमा दुध बेच्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिएका छन ।

कोरोना महामारीले डेरी व्यवसायिलाई परेको समस्यालाई गम्भीर रुपमा लिई समाधान गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रम सञ्चालन समितिका सचिव जिवलाल न्यौपाने गरेका थिए भने स्वागत मन्तव्य समितिका उपाध्यक्ष विष्णु प्रसाद पाण्डे रहेको थियो । त्यसैगरी कार्यक्रममा समितिका सदस्यहरु उमा शर्मा,विष्णु प्रसाद भुसाल,समितिका लेखा संयोजक, कृष्ण प्रसाद चापागाईं लगायतको सहभागीता रहेको समितिका प्रेस सल्लाहकार कृष्ण पौडेलले जानकारी दिए।

You may also like

This will close in 0 seconds