64
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १७ पैसा र बिक्री दर १६३ रूपैयाँ ९१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८१ पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।