एन.जी. मार्केटको ‘लक्की ड्र’ प्रतियोगिता ः ग्राहकलाई तीन करोडको उपहार

तिलोत्तमा।रुपन्देहीकाले तिलत्तमा नगरपालिमामा रहेको एन.जी. मार्केट कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गरेर एक हजार जनालाई दश प्रकारका उपहार योजना ल्याएको छ । यहि १ चैत देखि सुरु भएको उपहार योजनामा एक जनालाई तिलोत्तमा नगरपालिका भित्र १० धुर जग्गामा निर्माण गरिएको १ हजार ६ सय स्क्वायर फूटको साढे २ (ढाई) तले घर प्रदान गरिने छ ।

कम्पनीको ग्राण्ड ओपनिङको अवसरमा आयोजना गरिएको ‘लक्की ड्र’ (उपहार योजना)को बारेमा जानकारी गराउन एन.जी. मार्केट कम्पनीले शनिबार पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष नारायण वञ्जाडेले २ लाख उपभोक्ता (ग्राहक)लाई लक्षित गरेर यो उपहार योजना ल्याएको जानकारी गराउनु भयो । यो योजना १ चैत २०६९ देखि ७ मंसिर २०८० (हरिबोधनी एकादशी) सम्म रहने छ । हरिबोधनी एकादशीको दिन लक्की ड्र खोलिने छ ।

यो उपहार योजना अन्तरगत एक जनालाई किया ब्राण्ड कार, एक जनालाई रोयल एनफिल्ड ३५० सिसिको मोटरसाईकल, एक जनालाई भेस्पा स्कुटर प्रदान गरिने कम्पनीका प्रवन्धक आवाश वञ्जाडेले बताउनु भयो ।

त्यस्तैगरी १५ जनालाई एक टन क्षमताको एयर–कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राईस कुकर र ८०१ जनालाई क्लोथ आईरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने उहाँले जानकारी गराउनु भयो । जसमा उपहारको खरिदमा मात्रै तीन करोड रुपैंया भन्दा बढी खर्च हुने उहाँले जानकारी गराउनु भयो ।

यो ‘लक्की ड्र’ प्रतियोगितामा सहभागि हुनको लागि दैनिक घरायसी सामान खरिद गर्दा एन.जी. मार्केटको ग्राहक सदस्यता लिनु पर्दछ । त्यस्तै १० हजार रुपैंया बराबरको खाद्यान्न तथा ५ हजार रुपैंया बराबरको लुगा, कपडा तथा जुत्ताको खरिदमा कक्की ड्र कोड भएको कुपन उपलब्ध गराईने छ ।

त्यस्तै एन.जी. रेष्टुरेन्टमा एकपटकमा ५ हजारको खानपिन विलमा एयटा लक्की ड्र कुपन प्रदान गरिने छ । सामानको खरिदमा एउटै नम्बरका दुई वटा लक्की ड्र कोड युक्त कुपन ग्राहकलाई प्रदान गरिने छ । त्यसमध्ये एउटा लक्की ड्र बक्समा खसाल्नु पर्ने छ भने अर्को सुरक्षित साथ राख्नुपर्ने छ । उपहार हस्तान्तरण गर्दा लाग्ने कर भने विजेताले नै व्यहोर्नु पर्ने स्टोर ईन्चार्ज दिपक भट्टराईले जानकारी गराउनु भयो ।

भारतको सनौली जाने नेपाली उपभोक्तालाई लक्षित गरेर जमिन सहित २ अर्बको लगानीमा अघिल्लो वर्ष बैशाख १ गतेदेखि एनजी मार्केट सञ्चालनमा आएको थियो । जसमा अहिलेसम्म ५० हजार उपभोक्ता आएका छन् भने २० हजार उपभोक्ता नियमित रुपमा आउने गरेको पनि उहाँले जानकारी गराउनु भयो ।

नेपाली उपभोक्ताले सुनौलीमा गएर बजार गर्दा रेमिट्यान्स मात्रै गएको छैन । गुणस्तरीय सामान पनि पाउन सकेका छैनन् । त्यस्तै मुल्य पनि नेपाली बजारमा भन्दा बढी हुने गरेको अध्यक्ष बञ्जाडेले बताउनु भयो ।

 
 
  
 

You may also like