सातै प्रदेशमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज (शनिबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी प्रदेश, वागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like