सन्दीपको रिट ‘हेर्दाहेर्दै’ मा, भोलि फेरि सुनुवाइ

by समतल अनलाइन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार फेरि सुनुवाई हुने भएको छ । आज (आइतबार) सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ । तर सन्दीप पक्षको बहस नसकिएपछि सोमबार पनि सुनुवाई हुने भएको हो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ । भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ ।

 
 
  
 

You may also like