103
काठमाडौँ । नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताए ।
विकास समिति समेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको संख्या आठ छ । एकाउन्न जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ । चिकित्सालयको सङ्गठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको छ । यसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदतर्फको केन्द्रीय अस्पतालका रूपमा रहेको चिकित्सालयमा १०० शय्या छ ।