राप्रपा सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने

by समतल अनलाइन

काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने भएको छ । राप्रपाको भर्खरै बसेको बैठकले यस्तो निर्णय गरेको नेता बुद्धिमान तामाङले जानकारी दिए । उनका अनुसार राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेछ । राष्ट्रपति निर्वाचनको मुखमा सत्ता समीकरणमा फेरबदल आएसँगै राप्रपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं ।’

हिजो मात्र राप्रपाले आसन्न राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको थियो । अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी थियो ।

 
 
  
 

You may also like