प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता:डबल्समा रितिक र निशान्तलाई सफलता

by समतल अनलाइन

बुटवल ।बुटवलमा जारी प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीलाई ६–२, ६–४ अंकले पराजित गर्दै उपाधि चुमेका छन । यसैगरि ४५ प्लस पुरुष सिगलको फाईनलमा रोहित सुनुवारले बिमल गुरुङलाई पराजित गर्दै उपाधि चुमे । ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराइ र धर्म सिह लामिछानेको जोडीले लोक गुरुङ र ईन्द्र गुरुङको जोडीलाई पराजित गर्दै उपाधि चुमे ।

५५ प्लस मेन्स डबल्समा कृष्ण गुरुङ र कमल थापाको जोडीले धर्म सिह लामागादे र राजु गुरुङको जोडीलाई ६–१, ७–५ को अंकले पराजित गर्दै उपाधि हात पारेका छन । बुमन्स डबल्समा मायङा राना र रायना शाहको जोडीले अभिलाष विष्ट र सुभाङगी आर शाहलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

प्रतियोगिताको ४ वटा विधाको फाईनल खेल हुने छन । मेन्स सिगलमा उपाधिका लागि रितिक राना र प्रदिप खड्का बिच बुधबार फाइनल खेल हुने भएको छ । यसैगरि वुमन्स सिगलको उपाधिका लागि अभिलासा बिष्टले माहिका राणासंग भिड्ने भएकी छिन । मंगलबार भएको पहिलो सेमीफाईनलमा अभिलापा बिष्टले रायना शाहलाई ६–३, ६–४ को सेट तथा दोस्रो सेमीफाईनलमा माहिका राणाले प्रकृति श्रेष्ठलाई ६–४, ६–१ को सेटले जित निकाल्दै फाईनल भिडन्त पक्का गरेकी हुन ।

यसैगरि ५५ प्लस मेन्सको उपाधिमा लागि कमल थापा र बिमल गुरुङ भिड्ने छन ।
यसैगरि ३५ प्लस सिगलको उपाधिका लागि सन्तोष खत्री र सिमान्त गुरुङ भिड्ने छन ।

मंगलबार सम्पन्न भएका फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई एक समारोहका बिच नेपाल टेनिस संघका के महासचिव बिनोद कायस्थ, निवर्तमान अध्यक्ष मनोज राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेतले पुरस्कार वितरण गरेका छन । चार विधाको फाईनल र औपचारिक कार्यक्रम भने बुधबार बिहान हुने संघका सचिव सब्बर मियाले बताए ।

 
 
  
 

You may also like