इन्जुरी समयमा मेस्सीको गोलले पीएसजी विजयी

by समतल अनलाइन

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्जुरी समयको अन्तिम समयमा गोल गर्दै कठिन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले लिलमाथि ४–३ गोलको संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । तर त्यसपछि लिलले २ गोल फर्काउँदै बराबरी ग¥यो । खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले र ५८ औं मिनेटमा जोनाथन डेभिडले गोल दिलाए । खेलको ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।

८७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३–३ को बराबरीमा ल्याए । तर इन्जुरी समयको अन्तिम पाँचौं मिनेटमा लियोनल मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै पीएसजीलाई ४–३ को जित दिलाए । जितसँगै पीएसजी २४ खेलमा ५७ अंक जोडेर शीर्ष स्थानमा कायमै छ ।

 
 
  
 

You may also like