नेपाललाई नामिबियाले दियो २७५ रनको विशाल लक्ष्य

by समतल अनलाइन

काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रनको स्कोर तयार गरेको छ ।

पहिलो विकेटका लागि ओपनर लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेनस्टोकले ६४ रनको साझेदारी गरे। लरेन्स सन्दीपको बलमा बोल्ड आउट भए । कार्ल २० रनमा सन्दीपको बलमा क्याच आउट भए । माइकल भान लिंगेन दिपेन्द्रको जोराको हातबाट २२ रनमा क्याच रन आउट भए । कप्तान गेहार्ड इरास्मस १५ रनमा सन्दीपको बलमा बोल्ड आउट भए। जान निकोल लिफ्टी–एटोन १५ रनमा करन केसीको बलमा क्याच आउट भए ।

छैटौँ विकेटका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गर्दै नामिबियाको इनिङ्स उकासेका थिए। फ्रान्स ४९ रनमा सोमपाल कामीको बलमा रनआउट भए । ३९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का हाने । जेन ग्रिन ७५ र रुबेन २४ रनमा नटआउट रहे। ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का हाने ।

रुवेनले ७ बलमा ३ चौका र २ छक्का हाने । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा करण केसीले एक विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे । नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर बने। नेपालका लागि करण केसी महंगा सावित भए । उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए ।

 
 
  
 

You may also like