79
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा आज नेपालले नामिबियाविरुद्ध बलिङ गरिरहेको छ ।
नेपालले नामिबियाविरुद्ध १७औं ओभरमा दोस्रो सफलता हासिल गरेको छ ।
नेपालका लागि दोस्रो विकेट पनि सन्दीप लामिछानेले लिएका छन् । ४१ रन बनाएर खेलिरहेका लो हाड्रे लोउवरेन्सलाई सन्दीपले आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल नामिबियाले १७ ओभरमा २ विकेट गुमाउदै ६८ रन बनाएको छ ।