टस जितेर नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्दै

by समतल अनलाइन

काठमाडौँ । नेपालले विश्वकप लिग–२ मा आज (शनिबार) नामिबियालाई ब्याटिङका लागि निम्तो दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले लगातार तेस्रो पटक टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेपालले पहिलो दुई खेलमा नामिबियालाई २ विकेटले र अघिल्लो दिन स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । नामिबिया पहिलो दुवै खेलमा पराजित भएको थियो । पछिल्लो खेलमा नामिबियाले स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेको थियो ।

स्कटल्याण्डसँगको शुक्रबारको खेलबाट नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन । नामिबियाले पनि पछिल्लो खेलमा खेलेको टोलीलाई यथावत राखेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडी तेस्रो स्थानमा र नेपाल २६ खेलमा २२ अंकसहित सात राष्ट्र सहभागि लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले बाँकी रहेको १० खेलमा ७ मा विजय हात पार्नु पर्ने अवस्था छ ।

 
 
  
 

You may also like