तिनाउको खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि

by समतल अनलाइन

बुटवल।तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा सोमबार प्राबि र निमाबि तहका बिद्यार्थीबिचमा खेलकुद प्रतियोगिता भएको छ । माघ २७ गतेदेखि खेल महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।

बुटवल ११ देवीनगरमा रहेकको स्कूलमा सबैतहका गरि करिब १ हजार २ सय बिद्यार्थीले यो महोत्सवमा भाग लिइरहेको बिद्यालयका सहसंयोजक अग्निधर पोख्रेलले बताउनुभयो । खेल महोत्सवमा उत्कृष्ट बिद्यार्थीहरुलाइ फागुन ५ गते शुक्रबार एक समारोहका बिच पुरस्कार बितरण गरिने खेलकूद संयोजक वेद न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । उहाँले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताउनुभयो ।स्कूलकी प्राचार्य सिता पाण्डका अनुसार प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।

सोमबार स्पुन रेस, हाजिरीजवाफ,चेस, टेवल टेनिस,क्यारम बोर्ड,डोरी खेल्ने , बल कलेक्सन ,भलिवल ,ब्याडमिन्टन लगायतलका खेल भएको स्कुल संयोजक नारायण पोखेलले जानकारी दिनुभयो । टेवल टेनिसमा कक्षा ७ की सन्जना घर्ती,गुन्जन श्रेष्ठ,स्नेहा मगर त्यस्तै सुसान्त पुन,अभिषेक पन्थी,अभिनव ज्ञवालीले क्रममा प्रथम,द्वितिय र तितृय स्थान हासिल गरेका छन् । सोमबार कक्षा १ देखि माथिका कक्षाहरुमा बिधागत प्रतियोगिता भएका हुन् ।

खेल अवधिभरमा लेवल अनुसार बेलुन फुटाउने,चक्लेट खाने,म्युजिकल स्ट्याचु,बल कलेक्सन,कलर गेम,स्पुन रेस,हट पोटाटो, हाजिरीजवाफ,चेस,टेवल टेनिस,क्यारमबोर्ड,हिसाब दौड,स्लोसाइकल रेस,तेक्वान्दो ,भलिवल,रिले रेस,एथलेटिक्स ,क्रिकेट,कपर्दी ,सटपुट ,ब्याडमिन्टन ,चित्रकला प्रतियोगिता हुनेछन् ।

 
 
  
 

You may also like