अन्तरपालिका महिला भलिबलको उपाधि बुटवललाई, राजनीतिक दललाई उछिने पत्रकारले

by समतल अनलाइन

बुटवल। बुटवल उपमहानगरपालिकाले ६४ औ स्थापना दिवसका अबस्थामा बुटवल उपमहानगरपालिकाकाे आयोजना तथा नेपाल नगरपालिका कर्मचारी एशाेसियसन इकाई बुटवल उपमहानगरपालिका व्यवस्थापनमा आइतबार आयाेजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको समुह विजयी भएको छ। उपमहानगरपालिकाकाे खेल मैदानमा ६४औ स्थापना दिवसका अवसरमा पत्रकार टाेली र राजनीति दलका प्रतिनिधि बीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो। उक्त खेलमा सोझो दुवै सेट आफ्नो हातमा पारेर पत्रकारको टोली विजयी भएको छ।

बिजेता पत्रकार टाेलिले पुरस्कार बापत नगर रु १५ हजार र उपबिजेता राजनीतिक दलकाे टाेलीले उपबिजेता बन्दै १० हजार प्राप्त गरेको थिए ।प्रतियोगिताकाे बिजयी टाेलिहरुलाई नेपाल नगरपालिका कर्मचारी एशाेसियसनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठले पुरस्कार बितरण गरेका थिए। यसैगरी साेही अवसरमा कर्मचारी एशाेसियसनद्वारा आयोजना गरिएको प्रथम अन्तरनगरपालिका महिला कर्मचारी रुपन्देही जिल्ला स्तरिय मैत्रीपूर्ण भाेलिवल प्रतियोगिताकाे सेमिफाइनल र फाइनल खेल खेलाइएको थियो । जसमा आयाेजक बुटवल उपमहानगरपालिका प्रथम देवदह उपमहानगरपालिका दाेश्राे र तिलाेत्तमा तेस्रो हुन सफल भएका थिए। नतिजासंगै बुटवल उपमहानगरपालिकाकाे टाेलीले ट्रफी सहित नगद २० हजार दाेस्राे हुने देवदह नगरपालिकाले १५ हजार र तेस्रो तिलाेत्तमा नगरपालिकाले १० हजार पुरस्कार प्राप्त गरेकाे थियाे ।

बिजेता टाेलिलाइ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्ड्यले पुरस्कार प्रदान गरेका थिए । साे कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्याल, तिलाेत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चाैधरी, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलगायत उपस्थिति रहेको कार्यक्रम संयाेजक राजकुमार श्रेष्ठले जानकारी गराए। आज आइतबार संचालन गरिएको बुटवल उपमहानगरपालिकाका महिला जनप्रतिनिधि तथा महिला कर्मचारी बिच भएको भलिबलमा महिला कर्मचारी टाेलि बिजेता बन्न सफल भएको छ । बिजेता टाेलि भाेलि पुरस्कृत गरिने एशाेसियसनका इकाई अध्यक्ष अनिलकुमार माण्डबले बताए ।

 
 
  
 

You may also like