भ्रष्टाचार नियन्त्रण गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पहिलो निर्णय

by समतल अनलाइन

धनगढी । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो प्रतिबद्धता गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो निर्णय गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार गठन गर्नका लागि सबै दलहरूसँग छलफल र सहकार्य गर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन् । उनले आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।

उनले लामो समय विद्यार्थी राजनीति गरेर आएकाले जनताले महसुस गर्ने गरी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । यसअघि एमाले नेतृत्वको सरकार ढलेसँगै शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कांग्रेसले ठूलो दलको हैसियतले सरकार चलाउने जिम्मा पाएको हो ।

 
 
  
 

You may also like