प्रधानमन्त्रीले बोलाए सबै दलका प्रमुख सचेतकको बैठक

by समतल अनलाइन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक डाकेका छन् ।

आज (सोमबार) बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेसलगायतका बारेमा दलको आधिकारिक राय लिनका प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । संसदमा सांसदहरूको भूमिका मात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुने जनाइएको छ ।

 
 
  
 

You may also like