उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : रवि लामिछाने

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ बाट उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् ।

सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् । उनले आफ्नो नागरिकतामा प्रक्रियागत त्रुटी रहेको र त्यसलाई आफूले स्वीकारेको बताउँदै आफ्नो नागरिकतामा त्रुटी भेटिए पनि चितवनका आम मतदाताको कुनै दोष नभएको बताए । उनले आफू उपचुनाव लड्न तयार रहेको बताउँदै चितवनबासीको सहयोगप्रति धन्यवाद दिएका छन् ।
गलत काम गर्ने सञ्चारमाध्यमको कार्यालय घेर्ने चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने चेतावनी दिएका छन् ।

‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् । तपाईको पत्रिकामा सस्क्राइबर्सहरु होलान् मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार ।’ उनले गलत ढंगले गर्ने कुनै पनि मिडियालाई नमान्ने बताए ।

 
 
  
 

You may also like