सरकारबाट बाहिरिने रास्वपाको निर्णय

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृह मन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै रास्वपाले सरकारबाट बाहिरिने निर्णय लिएको हो । तर, सरकारलई समर्थन जारी राख्ने जनाइएको छ ।

आज (आइतबार) पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । आजको निर्णयले रास्वपाको सत्ता यात्रा छोटो समयमै पूर्णविराम लागेको छ । पार्टी सरकारबाट बाहिरिएको औपचारिक घोषणा सभापति रवि लामिछानेले केहिबेरमा गर्दैछन् ।

 
 
  
 

You may also like