नमस्ते नेपालमा नयाँ नेतृत्व, अध्यक्षमा मनिश भुसाल

by समतल अनलाइन

बुटवल ।नमस्ते नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ। प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

जसमा अध्यक्षमा मनिश भुसाल , उपाध्यक्षमा सुशील सुवेदी , , सचीवमा सन्दिप पौडेल ,सह-सचीवमा प्रशंसा खनाल , कोषाध्यक्ष वरदान आचार्य सह- कोषाध्यक्षमा दिप्सन अधिकारी  चयन भएका छन ।

प्रथम अधिवेशनको उद्घाटन उप- प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन । उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले संस्थाको बारेमा खुलेर प्रसंशा गर्दै समाजका हरेक पाटाहरुमा सक्रिय रहेर काम गरेको प्रति आभार व्यक्त गरे ।

संस्थाले युवाहरुलाई शृजनशिल बनाउन , राजनीति दललाई एकै ठाउँमा उभ्याउन र समाजका हरेक पक्षमा वकालत गरि सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण भुमिका रहेको पौडेलले औल्याउँदै समाजको लागि उत्तरदायित्व पूरा गर्ने क्रममा आगामी दिन अझै चुनौती पुर्ण तरिकाले अगाडि बढ्नुपर्ने उनले बताए ।

उप-प्रधान तथा अर्थमन्त्री पौडेलले देशप्रति युवायुवतीले गर्नुपर्ने काम नमस्ते नेपालले गरेको भन्दै आगामि दिनमा रुपन्देहीका अन्य युवाहरुसंग हालेमालो गरेर काम गर्न आग्रह गरे।

अधिवेशनमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण , उप प्रमुख जगेश्वरी देवि चौधरी, मोटिभेसनल स्पिकर सुधन ज्ञवाली, बुटवल कालिका क्याम्पस क्याम्पस प्रमुख घनश्याम पाठक, इलाका प्रहरी कार्यालय प्रमुख दान बहादुर थापा, चर्चित कवि अस्मित रेग्मी लगायतले आगामी दिनमा संस्थाले सामाजिक क्षेत्रमा अग्रसर रहेर काम गर्नुपर्ने बताए।

संस्थाले ४ वर्षमा गरिएका कार्यक्रमहरू समेटी लेखिएको “नमस्ते दर्पण” नामक स्मारिका विमोचन, संस्थाको संस्थागत एप्लिकेसन र वेबसाइट शुभारम्भ गरिएको थियो ।

साथै संस्थाले सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

 
 
  
 

You may also like