क्यानाडामा १८ वर्षीया किशोरीले जितिन् चार अर्बको चिठ्ठा

by समतल अनलाइन

काठमाडौं । क्यानाडामा पहिलो पटक किनेको पहिलो चिठ्ठा टिकटमै एक १८ वर्षीया किशोरी जुलिएट लामोरले ३ करोड ५८ लाख अमेरिकी डलर (करिब चार अर्ब नेपाली रुपैयाँ) को चिठ्ठा जितेकी छन् ।

जितसँगै युनिभर्सिटीकी विद्यार्थी जुलिएटले आफ्नो पढाइ सकेर डाक्टर बन्ने योजना बनाएकी छिन् । ओन्टारियो लोटरी एन्ड गेमिङ कर्पोरेशनमा शुक्रबार उनले गत महिनाको जित मनाउँदै त्यतिबेला खुशीले रोएको बताइन् । उनले भनेकी छन्, ‘म अझै पनि विश्वास गर्न सक्दिनँ कि मैले मेरो पहिलो लटरी टिकटमा गोल्ड बल ज्याकपोटमा हिट गरें ।’

उनले अब, डाक्टर बन्न ऋण वा ग्रान्ट आवश्यक नपर्ने भएपछि सहजै डाक्टर बन्ने अपेक्षा राखेकी छन् । यस्तै उनले बाँकी पैंसा बुवाको सल्लाहमा लगानी गर्ने समेत बताएकी छन् । पढाइ सकेर आमा बुवासँग केही देश र महादेश घुम्ने समेत उनले बताएकी छन् । एजेन्सी

 
 
  
 

You may also like