इन्टलेक्चुअल स्कूलमा खेलकुद पुरस्कार वितरण

by समतल अनलाइन

बुटवल। बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा खेलकुद सप्ताहमा उत्कृष्ठ बिद्यार्थीहरुलाई शुक्रबार मेडल तथा प्रमाणपत्र बितरण गरीएको छ ।
खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराइएको थियो ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदकलापमा, साइकिल दौड, बास्केटबल,खो खो लागायतमा ४० इभेन्टहरुमा प्रतिस्प्रर्धा गराईएको थियो । पुरस्कार तथा मेडल स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनी , प्रबन्ध निर्देशक रामराज पोख्रेल, संचालक सदस्य लक्ष्मण कुँवर, कोर्डिनेटर माया पौडेल, मित्रजन भण्डारी, अतिरिक्त क्रियकलाप संयोजक मनाेज क्षेत्री, शिक्षक,सुरज विक लगाएतले बितरण गर्नुभएको थियों ।
खेलासप्ताह माघ ३गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो ।

 
 
  
 

You may also like