सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले ऐतिहासकि रेकर्ड बनाएको छ । यसअघि मंगलबार ऐतिहासिक रेकर्ड कायम भएकोमा बुधबार पुनः घटेको थियो । यस्तै बिहीबार भने सुनको मूल्य मंगलबारको भन्दा पनि धेरै भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी पनि तोलामा २० रुपैँयाले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like