बलात्कार मुद्दामा पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

by समतल अनलाइन

तनहुँ । नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाई पाएका छन् । जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो ।

उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा सफाई दिएको थियो । तर बालयौन दुरुपयोगसम्बन्धी अभीयोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षेतिपुर्ती बापत जरिवाना तोकेको थियो ।

शाहको तर्फबाट तनहुँ जिल्ला अदालतको फैसला पुरावेदनका लागि उच्च अदालत पोखारमा दायर भएको छ । उनी हाल तनहुँ कारागारमा छन् ।

 
 
  
 

You may also like