फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) फेरि सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा केहि घटेपनि आइतबार फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन तोलामा ६ सय रुपैँयाले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार ९९ हजार ९ सयमा रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like