समावेशिता उल्ट्याउन खोजिएको छ ः मन्त्री गहतराज

by समतल अनलाइन

बुुटवल।नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एंव युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले समावेशि र समानु्पातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन्। उनले समावेशिता, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धीलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको बताए । जागरण मिडिया सेन्टरको २३ औं र रेडियो जागरणको १५ औं बार्षिकउत्सवलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो कुरा बताएका हुन ।

राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट समेत प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलहरुले समेत दलित समुदाय मुुद्धा साझा बन्न नसकेको बताए । ‘मानव जातीको कलंकको रुपमा रहेको जातीय छुुवाछुत सबैको साझा समस्या बन्नुुपर्छ’ मन्त्री गहतराजले भने–‘त्यसैले दलित र गैरदलित दुुवैले साझा अभियान चलाउनुुपर्छ ।’

सञ्चारमाध्यले समाजको पिँधमा पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुुपर्नेमा जोड दिए । उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्धालाई अझ सशक्त रुपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले संकट भोगिरेहेको बताए । उनले जागरणले समुदायमा सञ्चारमाध्यम मार्फत सचेतना छर्ने काममा महत्वपूर्ण योगदान पुु¥याएको बताए । उनले बुटवल उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले नेपाली मिडियामा अझै पनि दलित तथा सिमान्तकृतको मुद्धा प्राथमिकतामा नपरेको बताए । उनले २०५७ सालमा सञ्चार माध्यमले गरिब र दलितका समस्यालाई समाचार नबनाएकै कारण जागरण मिडिया सेन्टरको जन्म भएको बताए । उनले ६४ सालमा ५१, जना प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व भएकोमा ७९ सालमा आउदा १६जनामा सिमित हुनुले समावेशितामाथि गम्भिर प्रश्न उठेको बताए ।
कार्यक्रममा उत्पडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव कमला देवी विश्वकर्माले अझै पनि पछाडि पारिएका समुदायको आवाज मिडियामा आउन नसकेको बताईन ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनले सामाजिक न्यायको आन्दोलनको आवश्यकता नसकिएको पुुष्टि गरेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विश्वकर्मा, राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, दलित संघका नेता बुद्धिराम हरिजन, सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब)का उपाध्यक्ष मिलन गाहाले बोल्दै सञ्चार क्षेत्रमा जागरणले समाजिक न्यायको सवालमा उल्लेखनीय भूूमिका निर्वाह गरेको बताए । जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले २३ बर्षको यात्रामा थुप्रै आरोह र अवरोहरु पार गर्दै सामाजिक रुपान्तरणको अभियानमा सरिक भएको बताईन ।

विभिन्न क्षेत्रका ३ र कर्मचारी गरि ६ जना सम्मानित

बार्षिउत्सवको अवसरमा रेडियो जागरणले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रस्तर मूर्तीकला, चित्रकार र जनप्रतिधिका रुपमा कार्यरत एचवि रम्तेल, पत्रकारिता र साहित्यकार दीपक विश्वकर्मा र पूराना समाजिक व्यक्तित्व मिलन गौतमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरि रेडियो जागरणमा कार्यरत बजार प्रमुख विरेन्द्र कुँवर, प्राविधिक प्रमुख किसन बराल, संवाददाता अम्बिका परियारलाई संस्थाले सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, संविधानसभा सदस्य एंव रेडियो जागरणका अध्यक्ष विनोद पहाडी, जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले समनपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन । सम्मानपछि बोल्दै एचवी रम्तेल र दीपक विश्वकर्माले जागरणले बार्षिकउत्सवमा सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । सामाजिक रुपान्तरणमा योगदान पुु¥याए वापत सम्मान गरिएको स्टेशन म्यानेजर विनोद परियारले जानकारी दिए । रेडियो जागरणले शनिबारदेखि १५ बर्ष पूूरा गरि १६औं बर्षमा प्रवेश गरेको छ ।

 
 
  
 

You may also like