घट्यो पेट्रोलियम पदार्थको मूल्य

by समतल अनलाइन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँले घटाएको हो । मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम हुने भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ । यसबीचमा भारतीय आयल कर्पोरेशनले पटक–पटक मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले घाटा देखाउँदै मूल्य समायोजनमा आनाकानी गर्दै आएको थियो । पछिल्लो पटक शुक्रबार भारतीय आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएसँगै नेपालमा थोरै मूल्य घटाइएको हो ।

 
 
  
 

You may also like