वरिष्ठ नेता पौडेललाई जापानको राजकीय ‘अर्डर अफ राइजिङ सन’ सम्मान

by समतल अनलाइन

काठमाडौँ । जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजकीय सम्मान प्रदा गरेको छ ।
जापानको आधुनिक प्रगतिको जग बसालेका सम्राट मेइजीले स्थापना गरेको राजकीय सम्मान ‘अर्डर अफ राइजिङ सन’ बाट पौडेल सम्मानित भएका हुन् । पौडेलको सचिवालयले बिहीबार दिउँसो जापानी राजदूतको निवासमा पौडेललाई सम्मानित गरिएको जनाएको छ ।

विशिष्ट व्यक्तित्वहरुलाई वर्षको २ पटक दिइने यो सम्मानबाट सम्मानित हुनेमा थोरै विदेशीहरु पर्ने गर्छन् । जापान सरकारले पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई अढाई वर्षअघि सम्मान गर्ने घोषणा गरेको थियो । पौडेललाई पूर्व सभामुखको हैसियत र सुदृढ जापान–नेपाल सम्बन्धका लागि कदर गरिएको बताइएको छ ।

 
 
  
 

You may also like