माधव नेपालसँग कांग्रेस नेता केसीको भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज नेपाल निवास कोटेश्वरमा भएको भेटमा निर्वाचनको समीक्षा गरिएको केसीको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको छ । भेटमा राष्ट्रिय राजनीतिबारे पनि महत्त्वपूर्ण कुराकानी भएको जनाइएको छ ।

केसी मंसिर ४ को निर्वाचनबाट नुवाकोट–२ बाट निर्वाचित सांसद हुन् । गत आइतबार उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।

 
 
  
 

You may also like