इन्द्रेणी जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधि अक्सफोर्डकी टेरीसालाई

by समतल अनलाइन

बुटवल। बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहब्यापि रचनात्मक कार्यक्रम गरेको छ । कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

वक्तृत्वकला प्रतियोगिताको उपाधि अक्सफोर्ड मावि सुख्खानगरका विद्यार्थी टेरीसा भण्डारीले जितेकी छन् । रुपन्देहीका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका १६ जना प्रतिस्प्रर्धीलाई पछाडि पार्दै उनले इन्द्रेणी रजत महोत्सव जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि सहित ११ हजार नगद तथा प्रमाणपत्र हात पारिन् । स्वाधिन अर्थतन्त्रमा सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा शान्ति नमुना माविका विद्यार्थी सर्वदा विक द्वितीय, पामिर ईन्टरनेशनल जानकीनगरका विद्यार्थी आयुश्मा ज्ञवाली तृतिय भईन् ।

उनीहरुले क्रमश ७ हजार र ५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारे । ईडन इङ्गलिस बोर्डिङका रितिका खनाल र गिर्वाण संस्कृत माविका समिर खनालले नगद तीन÷तीन हजार सहित प्रोत्साहन पुरस्कार हात परे । संस्थाका अध्यक्ष धुर्व कुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक भुपाल कुमार श्रेष्ठले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै अतिरिक्त कृयाकलापमा विद्यार्थीको सहभागिताले उनीहरुमा थप बौद्धिक क्षमताको विकास गर्ने बताउनुभयो । सहकरीको सदस्य तथा कार्यक्रम संयोजक कृष्णप्रसाद अर्यालको स्वागत तथा सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा प्राध्यापक डाक्टर बाबुराम ज्ञवाली, डाक्टर थानेश्वर अर्याल र डाक्टर विष्णुप्रसाद घिमिरेले निर्णायकको भुमिका निभाउनु भएको थियो ।

सहकारीले रजत महोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरि सकेको छ भने बुधबार सहकारी अन्तरकृया र आउने शनिबार विशेष कार्यक्रम सहित रजत जयन्तीको मुल समारोह गर्ने कार्यक्रम तय गरेको उपाध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like