आयोगमा बुझाएको समानुपातिक सूची दलहरुले भोलिसम्म सच्याउन सक्ने

by समतल अनलाइन

काठमाडौं । दलहरुले प्रतिनिधि सभाका लागि ११० जना र सात वटै प्रदेश सभाका लागि २२० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर हिजो सात दलले नामावली बुझाएका छन् ।

प्रतिनिधि सभामा ११० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५-५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए । त्यसैअनुसार निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जानकारी दिएको छ ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनावसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ ।

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा
निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए ।

 
 
  
 

You may also like