यी हुन् जसपाले छानेका समानुपातिक सांसद (सूचीसहित)

by समतल अनलाइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ । आज (शनिबार) उनीहरूको नामावली बुझाएको हो ।

यही मंसिर ४ गते भएको निर्वाचन जसपा प्रतिनिधिसभामा छैटौं दल बनेको छ । जसपाले समानुपातिकबाट प्रतिनिसभातर्फ पाँच र प्रदेशसभातर्फ नौ सिट जितेको छ ।
प्रतिनिधिसभातर्फ जसपाबाट छानिएका सांसदको नामावली
१. प्रकाश अधिकारी
२. सुशीला श्रेष्ठ
३. रेखा यादव
४. रञ्जु ठाकुर
५. सहनाज रहमान ।

पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।

 
 
  
 

You may also like