प्रदेश सभाको प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीलाई समानुपातिकमा नौं सिट

by समतल अनलाइन

काठमाडौं । मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा सात सिट पाएको छ । कुल १९ लाख ५२ हजार ९४९ मतमध्ये जनमतले ३ लाख २९ हजार १७७ मत पाएको छ ।

यो कुल सदर मतको १६.८६ प्रतिशत हो । यता लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समानुपातिकमा दुई सिट पाएको छ । गण्डकी प्रदेश सभामा कुल ९ लाख ४२ हजार ७९८ मतमध्ये ८१ हजार ६०५ मत पाएको थियो । यो कूल सदर मतको ४.५९ प्रतिशत हो । यो पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच सिट पाएको छ ।

 
 
  
 

You may also like