प्रधानमन्त्रीसँगको भेटपछि सीके राउतले भने, ‘सरकारमा जान सकारात्मक छौं’

by समतल अनलाइन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा जान सकारात्मक रहेको बताएका छन् ।
आज (बिहीबार) बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्तापछि राउतले सरकारमा जान सकारात्मक रहेको बताएका हुन् । राउतले भने, ‘हामी सरकारमा जान सकारात्मक छौं । तर, पार्टीले निर्णय गर्न भने बाँकी छ । ’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा. राउतलाई लिएर बालुवाटार गएका थिए । ‘दुई जनाबीच सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, नेता निधिले वार्तापछि भने । गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको नेता निधिले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारमा आउन जनमत पार्टीलाई आग्रह गरेका छन् । जनमतले प्रत्यक्षतर्फ एक सिट जितेको छ भने ‘थ्रेसहोल्ड’ कटाएकाले समानुपातिकतर्फ चार सिट पाउने देखिन्छ ।

 
 
  
 

You may also like