शेयर बजारमा दोहोरो अंकको गिरावट, १६ करोड ४६ लाखको कारोबार

by समतल अनलाइन

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार ओरालो लागेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको शेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीको शेयर ओरालो लागेको र सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । ३७ लाख ६१ हजार २९९ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको आज १६ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो । त्यस दिन दुई अर्बभन्दा बढीका कारोबार भएको थियो ।

आजको कारोबारमा खप्तड लघुवित्त ८.८१ प्रतिचशत र गरीमा डेवेन्चरमा ६.११ प्रतिशतले शेयर मूल्य बढेको छ । १३ उपसूचकहरूमध्ये म्युचुल फन्ड र ट्रेडिङ इन्डेक्समा सामान्य वृद्धि भएको र अरु सबै उपसूचक ओरालो लागेको नेप्सेले जनाएको छ ।

 
 
  
 

You may also like