देउवासँग छुट्टाछुट्टै छलफलपछि माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

ललितपुरको हात्तीवनमा उनीहरूबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र प्रचण्डबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको थियो । प्रचण्ड बालुवाटारबाट निस्किए लगत्तै अध्यक्ष नेपाल देउवाँग छलफल गर्न बालुवाटार पुगेका थिए ।

देउवासँग प्रचण्ड र नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेपछि सत्ता गठबन्धनमा आबद्ध दलका यी दुई नेता आपसमा छलफलमा जुटेका हुन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिमतिर पुगिरहेका बेला नयाँ सरकार गठनका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनका नेताहरुसँग संवाद अगाडि बढाएका छन् ।

 
 
  
 

You may also like