एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा कांग्रेस नेता भण्डारी विजयी

by समतल अनलाइन

गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा जित हात पारेका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झण्डै ७ हजार मतले पराजित भएका थिए ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् । निर्वाचन कार्यालयले भने मत परिणामको औपचारिक घोषणा गर्न बाँकी छ । एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन् ।

उनले लेखेका छन्, ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

 
 
  
 

You may also like