समानुपातिक मतगणना अपडेट : एमालेको साढे ९ लाख, अरु कसको कति ?

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले सबै भन्दा अगाडि बढेको छ । आज बिहान ६ः५३ बजेसम्मको विवरणअनुसार पहिलो स्थानमा रहेको एमालेले ९ लाख ६१ हजार २ समानुपातिक मत ल्याएको छ ।

निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७१ हजार ६ सय ९० समानुपातिक मत पाएको छ । यसैगरी तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ३८ हजार १ सय १६ मत ल्याएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ६० हजार ५२ समानुपातिक मत प्राप्त गरेको छ ।

समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ । उसले अहिलेसम्म २ लाख ३६ हजार २ सय ११ मत ल्याएको छ । छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख १४ हजार ५ सय १९ समानुपातिक मत पाएको छ भने सातौं स्थानमा रहेको जनमत पार्टीले ६८ हजार ५ सय ७८ समानुपातिक मत ल्याएको छ । यसपछि आठौं स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले ६२ हजार ९ सय ११ मत पाएको छ भने नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय ६० मत ल्याएको छ ।

दशौं स्थानमा रहेर नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय १४ समानुपातिक मत पाएको छ भने एघारौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ५ सय ८ समानुपातिक मत ल्याएको छ ।

 
 
  
 

You may also like