कञ्चनपुर–१ मा प्रचण्डकी बुहारी बिना मगर एमालेका तारा लामासँग पराजित

by समतल अनलाइन

कञ्चनपुर । कञ्चनपुर–१ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर पराजित भएकी छन् । उनी नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् ।

तामाङ उनलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन् । अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन् ।

 
 
  
 

You may also like