दाङ–२ बाट रेखा शर्मा निर्वाचित, एमालेका महासचिव शंकर पोखरेल पराजित

by समतल अनलाइन

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (माओवादी केन्द्र) की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

शर्माले नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरिन् ।
बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार शर्माले २६ हजार ८७७ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाए ।

 
 
  
 

You may also like