रुपन्देही ३ (१) मा लोसपाका सन्तोषकुमार पाण्डे निर्वाचित

by समतल अनलाइन

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (१) तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सन्तोषकुमार पाण्डेय विजयी भएका छन् ।

यद्यपि निर्वाचन आयोगले औपचारिक परिणाम सुनाएको छैन । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले प्रक्रिया मिलाएर घोषणा गर्ने बताए ।

अन्तिम मतपरिणामअनुसार पाण्डेयले १४ हजार ९ सय २८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका महेन्द्र यादवले १० हजार ७ सय ९७ मत ल्याए । उनी यसअघि पनि संघीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्य बन्दै लुम्बिनी प्रदेशको मन्त्री बनेका थिए ।

 
 
  
 

You may also like