‘रेडिमिक्स’ ले ठक्कर दिंदा पत्रकार कँडेलको मृत्यु

by समतल अनलाइन

बुटवल । पत्रकार एनवि (नरबहादुर) कंडेलकाे निधन भएकाे छ । रुपन्देहीमा कृयाशिल पत्रकार कंडेलकाे शुक्रबार राती दुर्घटनामा परि मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
बुटवलदेखि भैरहवा तर्फ जाँदै गरेकाे लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कंडलेलाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले सिद्धार्थ राजमार्गमा पर्ने रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा न. २ जानकीनगरमा ठक्कर दिएकाे थियाे ।
ठक्करबाट घाईते भएका सैनामैना नगरपालिका वडा नं. १ का अन्दाजी ३५/३६ वर्षीय कंडेलकाे उपचारकाे क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी गराएकाे हाे ।
ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

 
 
  
 

You may also like