मङ्सिर १ गते रातिदेखि सिमानाका बन्द

by समतल अनलाइन

बुटवल । मंसिर १ गते राती १२ बजेदेखि भारतीय सिमानाका बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना प्रकाशन गरेर मंसिर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म (७२ घण्टा) सिमानाका बन्द हुने जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सूचना जारी गरी त्यसविचमा भारतसंग सिमा जोडिएको सम्पूर्ण नाकाहरु बन्द हुने जानकारी गराउनु भएको छ ।

 

सरकारले उक्त ७२ घण्टा अन्तर्राष्ट्रिय सिमानाका बन्द गर्ने निर्णय गरिसकेको छ ।

 
 
  
 

You may also like