बुटवलभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न कार्यदल

by समतल अनलाइन

बुटवल । रुपन्देहीको मुख्य शहरी क्षेत्रमा रहेकाबुटवलभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न कार्यदल अव्यवस्थित तार व्यवस्थापन गरिने भएको छ ।
मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ ।

समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने कार्यदलका संयोजक विद्युत प्राधिकरण बुटवल केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताउनुभयो ।

सडकमा अव्यवस्थित रहेका तारहरुले शहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएकोले तार हटाएर शहरलाई सफा र सुन्दर बनाउने कामलाई अघि बढाउन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्देशन दिनुभयो ।

उहाँले शहर क्षेत्रभित्रका अव्यवस्थित तारका कारण कैयौं दुर्घटना भएको, जनधनको क्षति भएको, शहर अव्यवस्थित र कुरुप देखिएकाले मंसिरभित्रमा सबै तार व्यवस्थित गर्न कार्यदललाई निर्देशन दिनुभयो ।

‘जुन जुन सेवा प्रदायक संस्थाका तार अव्यवस्थित छन्, त्यो व्यवस्थापन गर्ने, अनावश्यक तारहरु हटाउने र तारहरुमा कम्पनीको ट्याग लगाउने काम छिटै अघि बढाउनुस्, उहाँले भन्नुभयो(बुटवलभित्र सेवा दिने संस्थाहरु बुटवलमा व्यवसाय दर्ता गर्नुभएको छैन, उहाँहरुले तत्काल व्यवसाय दर्ता गर्नुहोला ।’
कार्यक्रममा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केबुल टिभी, इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थिति थियो ।

 
 
  
 

You may also like